नैतिक दृष्टान्त स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट Jump to navigation Jump to search यस नैतिक दृष्टान्त (१९७४) कविका रचनाकार कविशिरोमणि लेखनाथ पौड्याल (वि.सं. १९४१ - २०२२, सन् 1885 – 1966) हुन् । उनी नेपाली साहित्य का परिष्कारवादी धारका छन्दोबद्ध कवि थिए । उनलाई नेपाली साहित्य मा आधुनिक युगको जन्मदाता, आध्यात्मिक पुनर्जागरण ल्याउने तथा आध्यात्मिक मानवतावादी कविका रूपमा पनि चिनिन्छ । यस कवितामा कवि लेखनाथ पौड्याल ले प्रकृति र धर्म/संस्कृतिबाट विविध उदाहरणहरूका साथ नीतिशिक्षा दिएका छन् । मूलपाठ. नैतिक दृष्टान्त बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत । छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।। गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन । बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।। दबिन्छ गुणिको दोष गुणका राशिमा परी । रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।। कसैको लोकमा छैन एकैनास समुन्नति । अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।। छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ । उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ ।। ज्यादा सोझो हुनुभन्दा टढिनु छ फला-धिक । गरदैन क...
Posts
Showing posts from November, 2020