नैतिक दृष्टान्त स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट Jump to navigation Jump to search यस नैतिक दृष्टान्त (१९७४) कविका रचनाकार कविशिरोमणि लेखनाथ पौड्याल (वि.सं. १९४१ - २०२२, सन् 1885 – 1966) हुन् । उनी नेपाली साहित्य का परिष्कारवादी धारका छन्दोबद्ध कवि थिए । उनलाई नेपाली साहित्य मा आधुनिक युगको जन्मदाता, आध्यात्मिक पुनर्जागरण ल्याउने तथा आध्यात्मिक मानवतावादी कविका रूपमा पनि चिनिन्छ । यस कवितामा कवि लेखनाथ पौड्याल ले प्रकृति र धर्म/संस्कृतिबाट विविध उदाहरणहरूका साथ नीतिशिक्षा दिएका छन् । मूलपाठ. नैतिक दृष्टान्त बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत । छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।। गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन । बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।। दबिन्छ गुणिको दोष गुणका राशिमा परी । रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।। कसैको लोकमा छैन एकैनास समुन्नति । अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।। छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ । उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ ।। ज्यादा सोझो हुनुभन्दा टढिनु छ फला-धिक । गरदैन क...
Posts
Showing posts from 2020
खुसी र प्रेमको गणित
- Get link
- X
- Other Apps
खुसी र प्रेमको गणित Ø पुण्यप्रसाद प्रसाई [ हजार आशाहरू ] “ तल गार्डेनमा खेल्न जाउँ न है बाबा? ” छ बर्षको छोरो सजल बिहान देखि कराएको कराएकै छ। तर उसका बाबु टसको मस भएका छैनन्।छिन छिनमा आएर यसरी छोरो कराएकाले उनलाई खपिनसक्नु रिस उठ्छ । “ देख्दैनस्, तेरा आँखा फुटेका छन्। म यहाँ काम गरीरहेको छु। अब फेरी कराईस् भने म तेरा गाला चड्काउँछु। ” उनले बच्चालाई कराए । हो, उनलाई फुर्सद छैन। उनको हिसाब मिलेको छैन। उनी ब्रिफकेसभरि पैसा राखेर बिहानदेखि गन्ने र मिलाउने गरेका गर्यै छन्। तर जति गने पनि हिसाब मिलेको छैन।उनको निधारबाट चिट्चिट पसिना आइरहेको छ। बल्ल उनको काम सकियो। शनिबारको दिन थियो। काम सकेपछि उनलाई छोराको याद आयो। “सजल, सजल”, उनी कराए। अहँ,छोरो बोलेनन्। झ्यालबाट तल गार्डेनमा हेरे ।छोरो पसिना बगाउँदै पुतली र घामकीरीका पछि कुदेका कुद्यै थिए । उनी घामकीरी समाउने प्रयास गर्दै थिए । बाबु तल झरे। “ए बाबु, माथि हिँड। यो के गरेको?” “देख्नुहुन्न।तपाईंका आँखा अन्धा छन्? म पुतलीसँग खेलिरहेको छु।” छोरो रिसाएको प्रस्टै बुझिन्थ्यो। “पुतलीका पछि लागेर के हुन्छ? झुस आँख...