Posts

Showing posts from May, 2020

खुसी र प्रेमको गणित

खुसी र प्रेमको गणित Ø पुण्यप्रसाद प्रसाई   [ हजार आशाहरू ] “ तल गार्डेनमा खेल्न जाउँ न है बाबा? ” छ बर्षको छोरो सजल बिहान देखि कराएको कराएकै छ। तर उसका बाबु टसको मस भएका छैनन्।छिन छिनमा आएर यसरी छोरो कराएकाले उनलाई खपिनसक्नु रिस उठ्छ । “ देख्दैनस्, तेरा आँखा फुटेका छन्। म यहाँ काम गरीरहेको छु। अब फेरी कराईस् भने म तेरा गाला चड्काउँछु। ” उनले बच्चालाई कराए । हो, उनलाई फुर्सद छैन। उनको हिसाब मिलेको छैन। उनी ब्रिफकेसभरि पैसा राखेर बिहानदेखि गन्ने र मिलाउने गरेका गर्यै छन्। तर जति गने पनि हिसाब मिलेको छैन।उनको निधारबाट चिट्चिट पसिना आइरहेको छ। बल्ल उनको काम सकियो। शनिबारको दिन थियो। काम सकेपछि उनलाई छोराको याद आयो। “सजल, सजल”, उनी कराए। अहँ,छोरो बोलेनन्। झ्यालबाट तल गार्डेनमा हेरे ।छोरो पसिना बगाउँदै पुतली र घामकीरीका पछि कुदेका कुद्यै थिए । उनी घामकीरी समाउने प्रयास गर्दै थिए । बाबु तल झरे। “ए बाबु, माथि हिँड। यो के गरेको?” “देख्नुहुन्न।तपाईंका आँखा अन्धा छन्? म पुतलीसँग खेलिरहेको छु।” छोरो रिसाएको प्रस्टै बुझिन्थ्यो। “पुतलीका पछि लागेर के हुन्छ? झुस आँख...